पूर्व गोलरक्षक, एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

70
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो ।
उनी बिभिन्न रोगको संक्रमणले थलिएका थिए ।

शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा तथा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा थिए ।

२०५२ सालमा एन्फाको निर्वाचनबाट महासचिव निर्वाचित भएका शाहीले २ कार्यकाल विताए । २०६० सालयता २ कार्यकाल उनले नेपाल बक्सिङ संघको महासचिवका रुपमा जिम्मेबारी संहालेका थिए । उनी नेपाल आइस हकी संघका संस्थापक अध्यक्षसमेत हुन् ।


  •  
  •  
  •