लोकसेवा तयारी गर्दै यौनकर्मी

269
  •  
  •  
  •  

काठमाडौं २४ माघ । ठमेलको एक मसाज पार्लरमा छिर्दा कुचुक्क परेको सानो कोठामा कोचाकोच गरेर पाँचजना यौनकर्मी ग्राहक कुरिरहेका थिए। मालिकले केही निर्देशन दिँदै थिए, ‘फोनसोन गरेर सम्पर्क बढाउनुपर्योन।’ एक २०–२२ वर्ष उमेरकी युवती हातमा लोकसेवा परीक्षाको किताब पढ्दै गरेको देखियो। नासुमा नाम निकालेर सरकारी जागिरे बन्ने सपना रहेछ उनको।

‘यल्ले त यसपालि पक्का नाम निकाल्ने भई’ भन्दै थिइन् अर्की एक युवती। आफैसँग काम गरेर पढाइ खर्च जुटाइरहेको बताए सञ्चालकले। ‘अहिले पुलिसले टेन्सन गराउँछ। जाने भइ गइहाल्नुस् माथि।

एक जनाको आठ सय,’ अरू धेरै कुरा सुन्न चाहन्नन् सञ्चालक। ‘पुलिसलाई त यसो मिलाउन सकिहालिन्छ नि,’ मन चोर्न खोज्दा सञ्चालकले जवाफ फर्काए, ‘तपाईं आठ सय तिर्नुहुन्छ। उसले आठ हजार माग्छ। अनि घाटा कल्ले बेहोर्ने?’ एकछिनपछि भनेर त्यहाँबाट पनि अलप भइयो।

सम्पर्क स्थानः दोहोरी र डिस्को

नयाँ बसपार्कका दोहोरी साँझ फेरिफेरि धाउँछन्, सलिना र उनका साथीहरू। थानकोटमा एउटा कोठा लिएर सँगै बसेका उनीहरू दिन ढल्क्यो कि दोहोरी छिरिहाल्छन्। दोहोरी मन पर्ने भएर होइन। त्यहाँ धेरै ग्राहक भेटिने भएकाले जान्छन् उनीहरू। ‘कोही न कोही त मिलिहाल्छ नि लास्टसम्म बसे,’ खाली हात फर्कनुनपर्ने बताउँछिन् सलिना। देउराली दोहोरी साँझमा भेटिएका उनीहरू सुरुमा प्रतिव्यक्ति होल नाइटको तीन हजार भन्छन्। उनीहरूको एउटा शर्त हुन्छ, एउटै होटलमा जानुपर्ने। ‘जहाँ जाँदा पनि हामी सँगै जान्छौँ।

गाह्रोसाह्रो केही पर्दैन ग्रुप बनायो भने। एक्लै भए त के हो कसो हो,’ उनले सुरक्षित हुने उपाय बताइन्। होटलमा काम गर्दा एकपटक प्रहरी फन्दामा परिसकेका उनीहरू त्यसपछि सचेत हुँदै दोहोरीलाई सुरक्षित गन्तव्यका रूपमा रोजेका हुन्। दोहोरी साँझवालाहरूले युवतीहरूलाई दिल खोलेर स्वागत गर्छन्। युवती धेरै जहाँ देख्यो। त्यहीँ धाउँछन् ग्राहक। त्यसैले पनि युवतीहरू अनिवार्य छन् साँझमा।

उनीहरूले भनेजस्तो सुरक्षित पनि छैन दोहोरी साँझ। एक सञ्चालकका अनुसार प्रहरी र टोले गुन्डालाई ‘हप्ता’ पुर्या उनै मुश्किल पर्छ। ‘यत्रा मान्छेको पेट पालिएको छ। अझ पनि सुरक्षित भएर व्यवसाय गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सानोतिनो आँटले व्यवसाय चलाउन सकिँदैन।’ ठमेल, चाबहिल, सुन्धारा, नयाँ बसपार्कतिरका डिस्कोहरू पनि सेक्स वर्कर र ग्राहकको सम्पर्क स्थान बनेका छन्। नागरिक/शुक्रबार


  •  
  •  
  •