लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शन

108
  •  
  •  
  •  

काठमाडौं । लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
‘आरक्षण बचाऔंँ आन्दोलन’ले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरिएको थियो ।
प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दबाब दिएका छन् ।

‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।


  •  
  •  
  •