लोकसेवाको विज्ञापनविरुद्ध परेको मुद्दाको बहस आजपनि

250
  •  
  •  
  •  

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन विरुद्ध परेको मुद्दाको आज सुनुवाई हुँदैछ ।  स्थानीय तहका लागि आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै ५ मुद्दा परेको थियो ।

आइतबार बहस नसकिएकाले सोमबारका लागि पेसी तोक्दै ‘हेर्दा हेर्दै’ मा राखिएको थियो ।
न्यायाधीश हरिकृष्ण कार्की र डा आन्दनमोहन भट्टराईको संयुक्त इजलासमा हिजो सुनुवाइ भएको रिटमा आज पनि बहस जारी रहने भएको हो ।

बहस सकेर आजै आदेश आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतको दाबी छ । आयोगले गत जेठ १५ गते ९ हजार १६१ पदका लागि आह्वान गरेको विज्ञापन संविधानले आत्मसात् गरेको समावेशी सिद्धान्तअनुसार नभएको दाबी गर्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर, राजाराम घिमिरेले छुट्टाछुट्टै र स्थानीय तहमा करार तथा अस्थायीमा कार्यरत १ सय २१ जना कर्मचारीका तर्फबाट जनबहादुर बुढाले रिट दायर गरेका छन् ।

निवेदनमा लोकसेवा आयोग कार्य सञ्चालन निर्देशिका २०६७ को दफा ११ ९३०० बमोजिम समानुपातिक समावेशी सिद्धान्तअनुरुप प्रतिशतको आधारमा परिगणना गरी तथा प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार उल्लंघन नहुने गरी विज्ञापन निकाल्न माग गरिएको छ ।


  •  
  •  
  •