साढे ३३ केजी सुन प्रकरणमा एसएसपी दिवेश लोहनी पक्राउ

526
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख (ओएनएस) : साढे ३३ केजी सुन प्रकरणमा अन्तत: महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी पनि पक्राउ परेका छन्। उक्त प्रकरणमा मुछिएका लोहनी मंगलबार पक्राउ परेका हुन् ।

प्रकरणको अनुसन्धान गर्न गठित छानविन समितिले उनलाई बयानका लागि पत्र काटेर बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए । छानविन समितिले बयानपछि उनलाई पक्राउ पूर्जी थमाउँदै नियन्त्रणमा लिएकाे स्रोतले जनाएको छ ।

याे प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छानविन समितिका एक प्रहरी अधिकृतले बताए।मोरङ प्रहरीले बुधबारै अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेकाे छ। लोहनी प्रमुख रहेका वेला महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा पूर्व गएको टोलीको अनुसन्धानमाथि नै प्रश्न उठेपछि सुन प्रकरणले उग्र रूप लिएको थियो । टोलीमा रहेका डिएसपी केसी, सर्इ बालकृष्ण सञ्जेल लगायत यसअघि नै पक्राउ परिसकेका छन् ।

घटनाको छानबिनका लागि सरकारले गृहमन्त्रालयका सह-सचिव र्इश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । र साेही छानविन समितिले याे प्रकरणकाे शुक्ष्म अनुसन्धान गरेकाे हाे। छानविन समितिले दिएकाे प्रतिवेदनकाे अाधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेकाे छ।


  •  
  •  
  •