उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, काठमाडौं आउन प्रशासनको पास नचाहिने

137
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्ब्याइएको छ ।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।


  •  
  •  
  •