काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप, अब बारअनुसार पसल खोल्न पाइने

137
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं उपत्यकामा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १४ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।

त्यसैगरी उपत्यकामा सवारी साधनको हकमा जोर बिजोर प्रणाली लागू हुनेछ । साथै सार्वजनिक यातायात भने चल्न पाउने छैनन् ।

त्यसैगरी पसलहरु पनि खुला गर्ने तर बार अनुसार मात्रै खोल्न पाइने भट्टराईले जानकारी दिए । आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो–पालो गरी खुला गर्नुपर्नेछ ।


  •  
  •  
  •