उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो

147
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन। पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए, जुन आजदेखि कार्यान्वयनमा आएको छ।

आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।
होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको थियो। अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने प्रजिअहरूले बताएका छन्।

हेर्नुहोस् के गर्न पाइन्छ , के पाइदैँन ?


  •  
  •  
  •