उपत्यकाभित्र जारी निषेधाज्ञा एक साता थप

110
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्।

उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।


  •  
  •  
  •