उपत्यकामा निषेधाज्ञा (फोटोफिचर)

255
  •  
  •  
  •  

काठमाडौं । सरकारले जारी गरेको दुई साता लामो निषेधाज्ञाको चौथो दिन सडकमा सवारी साधनको चाप बढेको छ ।

सरकारले अत्यावश्यक सेवाहरु सञ्चालन गर्न अनुमति दिएपछि सडकमा सवारीको चाप बढेको हो । कार्यालय समयमा एकैपटक सडकमा निस्किदा ठाउँ ठाउँमा जाम भएको छ ।

विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने सवारीहरुको लामो लाइन छ । पास नभएको सवारीलाई प्रहरीले बाटोबाट फर्काएको छ ।

सडकमा जाम हुन थालेपछि प्रहरीले चेकिङमा कडाइ गरेको छ । पत्रकारहरुलाई पनि सूचना विभागको कार्ड अनिवार्य गरेको छ । यस्तै बैक तथा वित्तिय संस्थाशरु पनि सीमित मात्रमा खोल्न आग्रह गरेको हो ।


  •  
  •  
  •