काठमाडौंमा ‘लकडाउन’ (फोटो फिचर)

252
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि ‘लकडाउन’ (निषेधाज्ञा) गरिएको छ।

उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् ।
यस क्रममा आज बिहान काठमाडौंमा देखिएका केही दृश्य ओएनएस डटकमले क्यामेरामा कैद गरेको छ।


  •  
  •  
  •