छठपछि उपत्यकामा कडा लकडाउन गर्न प्रस्ताव

62
  •  
  •  
  •  

काठमाडौं । उपत्यका मेयर फोरमले तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ ।

फाइल तस्बिर

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको छलफलमा छठपछि निषेधाज्ञा गर्न प्रस्ताव गरिएको हो ।

काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए ।

उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ ।

उपत्यकामा बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए ।


  •  
  •  
  •