लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय

264
  •  
  •  
  •  

कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेदेखि लागू भएकाे लकडाउन फेरि लम्बिएकाे छ।

मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेकाे हाे।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले २० जेठसम्म लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियाे। साेही अनुसार लकडाउन लम्बिएकाे हाे। यसअघि लकडाउन सोमबार राति १२ बजेसम्मका लागि घोषणा गरिएको थियो


  •  
  •  
  •