लकडाउन खुकुलो पार्ने मोडालिटी बनाउने जिम्मेवारी उच्चस्तरीय समितिलाई

85
  •  
  •  
  •  

काठमाडौ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी बनाउने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई दिएको छ ।


बिहीबारको मन्त्रिपरिषद् बैठकले मोडालिटीको कार्ययोजना दुई दिनभित्र पेस गर्न समितिलाई जिम्मा दिने निर्णय गरेको हो ।

लकडाउनको मोडालिटीबारे गम्भीर छलफल भए पनि मन्त्रिपरिषद् बैठकले निष्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा उच्चस्तरीय समितिलाई दिइने भएको हो ।

बैठकमा कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा परिरहेको प्रभावको विभिन्न पक्षमा छलफल भएको एक मन्त्रीले जानकारी दिए । बैठकमा मन्त्रीहरुले लकडाउनलाई खुकुलो बनाएर नयाँ मोडालिटीमा जानुपर्ने धारणा राखेका थिए ।

सरकारले पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।


  •  
  •  
  •