लकडाउन उल्लङ्घन गर्ने साढे पाँच सय बढी पक्राउ

505
  •  
  •  
  •  

काठमाडौं । मंगलबार लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा बढी काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन्।
बिहान ७ बजेसम्ममा काठमाडौंबाट सबैभन्दा धेरै पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

उनीहरुलाई अत्यावश्यक काम बाहेकका लागि हिँडेको पाइए केही बेर बाटोमै उभ्याउने र सम्झाइ बुझाइ गरेर छाड्ने गरिएको छ ।

यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाएका चार सय १३ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।

सरकारले पहिलो पटक एक हप्ताका लागि घोषणा गरेको लकडाउन थप दुई पटक लम्ब्याएको छ । नयाँ सूचना अनुसार आउँदो वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।


  •  
  •  
  •