स्थानीय सरकार अाक्रमक हुँदै भत्काउन थाल्याे घर टहरा

एक्कासी घर भत्काउन आएको भन्दै नगरबासी अाक्राशित
354
  •  
  •  
  •  

काठमाडाैँका, ९ वैशाख (ओएनएस): देशभरी नै स्थानीय सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर टहरा भत्काउने क्रम सुरु गरेकाे छ। साेही क्रमलार्इ धादिङमा समेत निरन्तरता दिइएकाे छ।

धादिङमा पनि स्थानीय सरकार अाक्रमक हुदैँ सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर टहरा भत्काउन लागकाे छ । नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको हाे । नगरपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घर टहरा भत्काउन लगिएकाे प्रमुख भीमप्रसाद ढुङ्गानाले बताए ।

नीलकण्ठ नगर क्षेत्र भित्र सार्वजनिक जग्गा जमिनलाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना नगरपालिकाले डोजर लगाएर शनिबारदेखि भत्काउने कामलार्इ निरन्तरता दिएकाे छ।

स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा लिएको धादिङको नीलकण्ठ नगरपालिकाले नगरलाई व्यवस्थित गर्न सार्वजनिक जग्गा जमिन अतिक्रमण गरी बनाएका घर टहरा भत्काउन लागिएकाे प्रमुख ढुङ्गानाले बताए।

नगरपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो । तर नगरबासीले हटाउन नमानेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नगर प्रमुख ढुङ्गानाले बताए।

नगरपालिकालाई व्यवस्थित नगर बनाउन सबैले साथ दिए मात्रै नेपालको नमुना नगरपालिका बनाउन सकिने उनले बताए ।

सार्वजनिक जग्गामा बनेका भौतिक संरचना नगरपालिकाले भत्काउन थालेपछि विवाद उत्पन्न भएको थियो । नगरपालिकाले एक्कासी घर भत्काउन आएको र पक्षपात गरेर भत्काएको भन्दै नगरबासीले गुनासो गरेका थिए ।

स्थानीयले बजेट र कार्यक्रम लिएर आउनुपर्ने अनि मात्र घर टहरा छाड्ने बताउँदै आएका थिए । तर नगरपालिकाले भने स्मार्ट सिटी र बजार व्यवस्थापनका काम अगाडी बढी सकेको ले याे अभियानबाट पछाडी नहट्ने जिकिर गरेकाे छ ।

 


  •  
  •  
  •