नेताहरूको मनपरी रोकिने डरले स्थानीय निकायको चुनाव अनिश्चित

105
  •  
  •  
  •  

local electionभक्तपुर, ३ साउन(ओएनएस) : सरोकारवालाहरूले दलहरुले भने झैं स्थानीय निकायको चुनाव अर्को एक वर्षमा पनि नहुने आशंका व्यक्त गरेका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदी, जिविस महासंघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद सापकोटा र स्थानीय मामिला विज्ञ डा. श्यामकृष्ण भुर्तेलले राजनीतिक संक्रमणकै कारण एक वर्षमा पनि स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका हुन् ।

कार्यक्रममा सचिव सुवेदीले लामो समयसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसक्दाको परिणाम देशले भोग्नु परेको र कर्मचारीतन्त्रले स्थानीय निकाय चल्न नसक्ने भन्दै स्थानीय निकायको निर्वाचनका सवालमा दलहरु दोषी रहेको बताए ।

उनले भने, ‘मस्यौदा सूचीमा स्थानिय निकायकाबारे गरिनु पर्ने परिमार्जन र थप्नु पर्ने विषयलाई बेलैमा ध्यान दिन नसके त्यसको परिणाम नकारात्मक देखिने छ ।’

कार्यक्रममा अध्यक्ष सापकोटाले विभिन्न समयमा मिति तोक्दै स्थानिय निकायको निर्वाचन गर्न नसक्नु शीर्ष नेतृत्वका कमजोरी रहेको भन्दै उनले भने, ‘दलका नेताहरुको मनपरी रोकिने भएकाले निर्वाचन नभएको हो ।’

कार्यक्रममा विज्ञ डा. सापकोटाले राजनीतिक दलहरुले स्थानीय निकायको निर्वाचनको विषयलाई लिएर भूकम्पपश्चात उठान गरिएको भएपनि उनीहरुको काम क्रियाकलाप हेर्दा एक वर्षमा स्थानीयको निवार्चन हुने सम्भावना नदेखिएको बताए । स्थानीय निकायको निर्वाचन नहुँदाको परिणाम अझै बुझ्न नसक्दा देश दशकौं पछि परेको तर्फ दलका नेताहरुको ध्यान जानु पर्ने र स्थानिय निकायको चुनाव तत्कालै गर्नु पर्नेमा जोड दिए ।


  •  
  •  
  •