प्रधानमन्त्रीको व्यस्तताले पुनर्संरचना आयोगसँगको भेटघाट रद्द

137
  •  
  •  
  •  

prachandकाठमाडौँ,  १२ पुस (अाेएनएस) : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीबीच तय गरिएको भेट अन्तिम समयमा आएर रद्द भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आयोगको प्रतिबेदन बुझ्न नमानेको खबर सार्वजनिक भएपछि उनले मंगलबार विहान साढे १० बजेका लागि आयोगका पदाधिकारीलाई बोलाएका थिए ।
आयोगका पदाधिकारीसँगको भेटमा प्रम प्रचण्डले प्रतिबेदन बुझ्ने अनुमान गरिएपनि कार्यव्यस्तता भन्दै अन्तिम समयमा आएर भेट स्थगित गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलेले राजनीतिक परामर्शमा व्यस्त भएकाले भेट हुन नसक्ने भनेर सचिवालयमार्फत् आयोगका अध्यक्ष बालनन्द पौडेललाई जानकारी गराएका हुन् । प्रम प्रचण्डले मंगलबार दिउँसो ३ बजे नै कांग्रेस, नेकपा माओवादी र मधेसी मोर्चाबीचको बैठक आह्वान गरेका छन् ।

प्रम प्रचण्डले प्रतिवेदन बुझ्न नमानेपछि आयोगले सोमबार मात्र ‘प्रतिवेदन बुझिपाऊँ’ भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएको थियो ।


  •  
  •  
  •