‘प्रतिवेदन बुझिपाऊँ’ भन्दै पुनर्संरचना आयोगद्वारा प्रधानमन्त्रीलाई निवेदन

132
  •  
  •  
  •  

local-governmentकाठमाडौँ, ११ पुस (अाेएनएस) :स्थानीय तह पुनर्संरचना आयोगले ‘प्रतिवेदन बुझिपाऊँ’ भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन पत्र दर्ता गराएको छ ।

आयोगले यसअघि नै प्रतिवेदन बुझाउने तयारी गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्न नमानेपछि साेमबार ‘प्रतिवेदन बुझिपाऊँ’ भनेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् प्रधानमन्त्री कार्यालयमा पत्र दर्ता गराइएको हो ।

आयोगका सदस्य सुनीलनिरञ्जन सिंहले प्रतिवेदन बुझाउनका लागि फोन गरेर प्रधानमन्त्रीको समय माग्नुभन्दा पत्र लेखेर नै समय माग्ने निर्णय अनुसार पत्र दर्ता गरिएको ओएनएसलाई बताए ।

प्रतिवेदन हस्तान्तरणको समयका लागि आयोगले आइतबार नै पत्र दर्ता गर्ने तयारी गरेपनि विदाका कारण सोमबार मात्र दर्ता गरिएको हो ।
आयोगले संविधान अनुसार गाउँपालिका, नगरपालिका, स्वायत्त क्षेत्र तथा विशेष संरक्षण क्षेत्रको समेत अवधारण सहितको प्रतिवेदन तयार पारेको छ ।

आयोगले ७ सय ४० स्थानीय तह सिफारिस गरेको छ । जसमा काठमाडौंसहित पोखरालाई महानगरमा सिफारिस गरिएको छ ।


  •  
  •  
  •