प्रदेश नम्बर २ मा आज उम्मेदवारी दर्ता गरिँदै

101
  •  
  •  
  •  

NIRBACHAN-AAYOG
काठमाडौं, २१ भदौ (ओएनएस) : स्थानीय तह निर्वाचन अन्तर्गत आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था मिलाइएको छ । यससंगै प्रदेश नम्बर २ मा आजदेखि औपचारिक रुपमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

उम्मेदवारी दर्ता प्रक्रियालगायत निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारहरुलाई ढुक्कसाथ मनोनयन दर्ता गर्न आग्रहसमेत गरेको छ ।

यसअघिका निर्वाचन बहिस्कार गरेको राजपा पनि प्रदेश नम्बर २ को निर्वाचनमा सहभागी भएकाले शान्ति सुरक्षामा चुनौति नथपिने अपेक्षा निर्वाचन आयोगले गरेको छ ।

प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुनेछन् । निर्वाचनका लागि ३१ हजार ५० सय कर्मचारी परिचालन हुने आयोगले जनाएको छ । ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको पनि आयोगले जनाएको छ ।


  •  
  •  
  •