स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति, संशोधन विधेयक परिमार्जन हुने

175
  •  
  •  
  •  

congresss- maiost and morchaकाठमाडाैं, ९ वैशाख (ओएनएस) :सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच स्थानीय तह २ चरणमा गर्ने सहमति भएको छ।

शुक्रबारदेखि पटकपटक बसेको बैठकले संविधान संशोधन विधेयक परिर्माजन गर्ने र निर्वाचन २ चरणमा गर्ने सहमति गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पहिलो चरणको निर्वाचन वैशाख ३१ मै हुने र दोस्रो चरणको निर्वाचन जेठमा गर्ने सहमति जुटेको बताए। मिति तयका लागि भने निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तय गर्ने उनले जनाए।

संशोधन विधेयक र २ चरणको निर्वाचनबारे मन्त्रिपरिषद्ले निर्णय लिनेछ।

बालुवाटार सहमतिसँगै मोर्चाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने बताइएको छ।


  •  
  •  
  •