स्थानीय निर्वाचनमा बेलायत र अमेरिकाको चासो

1935
  •  
  •  
  •  

us ambassadorकाठमाडाैं, ५ वैशाख (ओएनएस) : कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यबहाक राजदूत माइकल गोञ्जालेसले शिष्टाचार भेट गरेका छन्।

मंगलबार उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा कार्यबहाक राष्ट्रपतिसँग बेलायतका राजदूत र अमेरिकाका कार्यबहाक राजदूतले छुट्टाछुट्टै भेटघाट गरेका हुन्।

कार्यबहाक राष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल निर्वाचनतर्फ अगाडि बढेको बताए।
राजदूत मोरिसले दुईदेशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहलगायतका निर्वाचन सफलताको शुभकामना दिए।

यसैगरी, गोञ्जालेससँगको भेटमा पुनले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न हुने र ३ तहको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमण पूर्ण रुपमा अन्त्य हुने विश्वास दिलाए।

भेटमा गोञ्जालेसले ४ र हप्तापछि हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताको शुभकामना दिए। आफूहरु देशका विभिन्न भागमा जाँदा जनता स्थानीय तहको निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्न आतुर भएको पाइएको उनले सुनाए।

नेपालको लागि आगामी ८ महिना निकै नै महत्वपूर्ण भएको बताउँदै गोञ्जालेसले सबै तहको निर्वाचनपछि नेपालले विश्व समुदायलाई नयाँ सन्देश दिने विश्वास व्यक्त गरे।


  •  
  •  
  •