झगडा नियन्त्रण गर्न गएको प्रहरी टोलीमाथि स्थानीयको आक्रमण

172
  •  
  •  
  •  

kailali incident
अाक्रमणबाट घाइते भएका प्रहरी, फोटो : पश्चिम टुडे डट कमबाट साभार

कैलाली, १५ चैत (ओएनएस) : कैलालीको धनगढी नगरपालिकामा शनिबार राति एक समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको छ । धनगढीस्थित जुगेडाको श्रीराम ईटा भट्टामा झगडा भइरहेको भन्ने खबर पाएपछि उक्त स्थानतर्फ जाँदै गरेको प्रहरी टोलीमाथि एक समूहले एक्कासी आक्रमण गरेको थियो ।

स्थानीय राना थारु समुदायका करिब ५० जनाको समूहले आक्रमण गरेको कैलाली प्रहरीले पुष्टि गरेको छ । आक्रमणबाट प्रहरी हबल्दारद्वय गणेशराज जोशी र थानेश्वर पन्त घाइते भएको कैलाली प्रहरीले जानकारी दिएको छ । जोशीको टाउकोमा १७ टाका लगाइएको छ ।

इटा तथा लाठी आक्रमणबाट हबल्दारद्वयको टाउको र छातीमा गम्भिर चोट लागेको छ । दुबैको स्थानीय सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । प्रहरीहरु रबिन्द्र नेगी र जयबहादुर साउँद भने भाग्न सफल भएका छन् । प्रहरीमाथि स्थानीयहरुले लाठी, इटाले आक्रमण गरेका थिए ।

आक्रमणकारीहरुले प्रहरीको पोशाक च्यात्दै आक्रमण गरेको खबर पाएपछि कैलीलीबाट खटेको प्रहरी टोलीले नै घाईतेहरुको उद्यार गरेर अस्पतालमा ल्याएको थियो ।

ईटा भट्टामा झगडा भन्ने खबर पाएपछि उक्त स्थानतर्फ अस्थायी प्रहरी चौकी जुगेडाबाट चार जना प्रहरी घटनास्थलतर्फ गएका थिए । प्रहरीहरु ईटा भट्टामा पुग्ने बित्तिक्कै एक्कासी ईटा र लाठीले साङघातिक आक्रमण भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमण गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले पक्राउ परेकाहरुसँग सोधपुछ भैरहेको जानकारी दिए ।


  •  
  •  
  •