यो वर्ष अहिलेसम्मकै बढी लोडसेडिङ हुने

270
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ । बिजुली संकट कम गर्न नेपाल विद्युत प्राधिकरणले ‘हरसम्भव प्रयास गरेको’बताउँदै आए पनि आउँदो हिउँदमा सर्वसाधारणले दैनिक १७ घन्टासम्म लोडसेडिङ सामना गर्नुपर्नेछ ।

मागभन्दा कम आपुर्ति,उत्पादन नथपिनु,प्रणाली सुधारमा प्राधिकरणको वेवास्था र अत्यधिक चुहावतका कारण गत वर्षभन्दा आउँदो हिउँदमा विद्युत संकट थपिने प्राधिकरणका अधिकारीको प्रक्षेपण छ ।

यो वर्ष अधिकतम १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने प्राधिकरणको औपचारिक दाबी थियो । तर प्रसारण प्रणालीमा माग पुरा गर्ने गरी पर्याप्त विजुली नहुँदा लोडसेडिङ बढाउनुपर्ने स्थिती आएको प्राधिकरणका कर्मचारी बताउँछन् । ‘अहिले नै लोडसेडिङ बढी हुन्छ भन्दा विरोध हुन्छ तर बिजुली नै नभएपछि सर्वसाधारणलार्य ढाँट्नु बेकार हो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने ।

प्राधिकरणले गत वर्ष हिउँदमा दैनिक १३ घन्टासम्म लोडसेडिङ गरेको थियो । यो वर्ष हिउँदको उच्च माग करिब एक हजार तीन सय ५० मेगावटसम्म पुग्ने प्रक्षेपण छ । आपुर्ति भने यसको ५० प्रतिशत पनि नहुने भार प्रेषण केन्द्रको अनुमान रहेको आजको नागरिक दैनिकमा खबर छ ।


  •  
  •  
  •