खाना पकाउने समयमा अब विजुली नआउने

312
  •  
  •  
  •  

काठमाडौं २० पुस (ओएनएस): उपभोक्ताहरुले अन्धकारमा बस्ने समय फेरि बढेको छ। नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टासम्म विद्युत कटौती गर्नेगरी प्राधिकरणले आज सोमबारबाट नयाँ तालिका लागू गर्ने भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब सातामा ८४ घण्टा विद्युत कटौती हुनेछ ।

नयाँ तालिका अनुसार खाना पकाउने समय साँझ–बिहानमा साताका अधिकांश दिन विजुली आउने छैन । ग्यासको अभावमा विद्युतीय सामाग्रीबाट खाना पकाउँदै आएका नागरिकले लोडसेडिङको नयाँ तालिकाअनुसार थप सास्ती खेप्नुपर्ने भएको छ ।

g]kfn ljB't k|flws/0f


  •  
  •  
  •