आजदेखि लोडसेडिङ घट्यो

375
  •  
  •  
  •  

loadshedingकाठमाडौं, ७ जेठ (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा आजदेखि ७० घण्टा मात्र विद्युत कटौती हुनेछ । प्राधिकरणका अनुसार अब दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा बिजुली आउने छैन ।

बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ । 

 


  •  
  •  
  •