राजधानीका केही क्षेत्रमा आज विद्युत आपूर्ति बन्द

123
  •  
  •  
  •  

electricity-comparison
काठमाडौं, १३ भदौ (ओएनएस) : काठमाडौंका केही क्षेत्रमा आज दिनभर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।

ट्राफिक प्रहरीले थालेको सरसफाइ अभियानलाई सहयोग गर्न महाराजगञ्ज वितरण केन्द्रले आज साँझ ६ बजेसम्मका लागि विद्युत्त आपूर्ति बन्द गरेको हो ।  ट्राफिक महाशाखाले गत शनिबारदेखि राजधानीमा सुरु गरेको सरसफाइ अभियान अन्तरगत केही ठाउँका पोल पनि सार्दैछ ।

नेपाल विद्युत्त प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रका इन्जिनियर सञ्जिव भट्टराईले ट्राफिक प्रहरीको सरसफाइ अभियानलाई सहयोग गर्न मंगलबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत्त आपूर्ति बन्द गरिएको जानकारी दिए ।
उनकाअनुसार आज दिनभर महाराजगञ्ज क्षेत्रमा लोडसेडिङ हुनेछ ।

यो क्षेत्रमा लोडसेडिङ हुँदा टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल र न्युरो हस्पिटललगायतमा विद्युत सेवा बन्द हुनेछ । प्राधिकरणका अनुसार, सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट सप्लाइ भएका क्षेत्रमा पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिजुली बन्द छ ।

]चक्रपथ चोक, श्री टोल, धापासी, बसुन्धारा चोक, जिरो पम्प वरिपरिको क्षेत्रमा यही वितरण केन्द्रबाट बिजुली वितरण भएकाले अपूर्ति बन्द गरिएको छ ।


  •  
  •  
  •