फेरि बढ्यो लोडसेडिङ

584
  •  
  •  
  •  

load-shedding1काठमाडौ, ३० पुस (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाउने भएको छ । प्राधिकरणले आगामी आइतबारदेखि लागू हुने गरि लोडसेडिङ दैनिक ११ घण्टा पुग्ने जनाएको छ ।

यसअघि दैनिक सरदर १० घण्टा लोडसेडिङ हुँदै आएको थियो । प्राधिकरणका अनुसार ७० मेघावाटको मध्य मस्र्याङ्दी १७ दिनको लागि बन्द गर्नु पर्ने भएकाले लोडसेडिङ बढेको हो ।

प्राधिकारणका भार प्रेसण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीका अनुसार मध्य मस्र्याङ्दीले उत्पादन गर्ने विजुलीको बराबर दिनमा करिब १ घण्टा लोडसेडिङ बढ्न लागेको हो ।

नदिमा पानीको वहाव घटेकोले पूर्ण रुपमा जलविद्युत आयोजना चल्न सकक्दा लोडसेडिङ हिउँदमा बढि हुने गरेको प्राधिकरणले बताउँदै आएको छ ।


  •  
  •  
  •