एलए पौडी शुक्रबारदेखि

297
  •  
  •  
  •  

काठमाडौं । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १८ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ६५ विद्यालयका ३ सय २७ खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जानकारी दिए ।

विभिन्न ५ उमेरसमूहमा ५० स्पर्धामा खेल हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित आयोजककै पौडी पोखरीमा हुनेछ ।


  •  
  •  
  •