इंग्लिस प्रिमियर लिगः आज तीन खेल हुँदै

182
  •  
  •  
  •  

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार तीन वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार साँझ पौने सात बजे न्युक्यासल युनाइेटड र सेफिल्ड युनाइटेडबीच खेल हुन लागेको हो । सेफिल्ड सातौं तथा न्युक्यासल १४ औं स्थानमा छ ।

यस्तै अर्को खेलमा एस्टोन भिल्ला र चेल्सी आमने सामने हुने छन् । चेल्सी चौथो स्थानमा छ भने एस्टोन भिल्ला रेलिगेशन जोनमा रहेको छ । यो खेल आइतबार राति ९ बजेपछि शुरु हुने छ ।

यस्तै आइतबार राति पौने १२ बजे लिग लिडर लिभरपुल र एभर्टन आमने सामने हुने छन् । तालिकामा २२ अंकले अग्रता लिएको लिभरपुललाई प्रिमियर लिग जित्न अब २ खेलमा जीतको आवश्यक छ ।


  •  
  •  
  •