इङ्लिस प्रिमियर लिगः लिभलपुलले एभर्टनलाई हरायो

402
  •  
  •  
  •  

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभलपुलले एभर्टनमाथि फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा लिभरपुलले एनफिल्डमा एभर्टनलाई ५–२ गोल अन्तरले हराएको हो ।

लिभरपुलसंग फराकिलो हार ब्यहोरेका एभर्टनका प्रशिक्षक मार्को सिल्भा बर्खास्तीको नजिक पुगेका छन् । पछिल्लो हारले रेलिगेशन जोनमा धकेलिएको एभर्टनका प्रशिक्षकमाथि बर्खास्तीको दबाब थपिएको हो ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मुख्य गोलकिपर एलिसनको निलम्बन, फाबिन्होको चोट र मोहमद सलाहा र रोबर्टो फिर्मिन्होलाई आराम दिदै उतारेको सुरुवाती सेटले फरालिको जित निकालेको हो ।

लिभरपुलले प्रभावशाली जित निकाल्ने क्रममा पहिलो हाफमै चार गोल गरेको थियो । साडियो मानेको पासमा डिभोक ओरिजीले दुई तथा जर्दान साकिरीले एक गोल गर्दै लिभरपुललाई सहज सुरुवात दिलाएका थिए ।

माने आफैले एक गोल गरेको खेलमा विजनाल्डमले अन्तिम मिनेटमा लिभरपुलका लागि गोल गरेका थिए । एभर्टनका माईकल केन र रिचर्डलिसनले एक एक गोल गरे ।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर चुकाएका थिए । त्यसमा लिभरपुलका माने र एभर्टनका वैकल्पिक खेलाडी मोइसी केन रहे ।

लिभरपुलले १५ खेलबाट ४३ अंक सहित तालिकामा अग्रता कायम गर्यो । उसले दोस्रो स्थानको लेस्टर सिटीसंग ८ अंकको अग्रता बनायो ।


  •  
  •  
  •