लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सनल लिग कपको क्वाटरफाइनलमा

112
  •  
  •  
  •  

एजेन्सी । लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सनल लिग कपको क्वाटरफाइनलमा पुगेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टीमा पाँच चार गोलले हराएको हो ।


एनफिल्डमा भएको खेलको निर्धारीत ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । केहि दिन अगाडीमात्र प्रिमियर लिगमा तीन एकको हार ब्यहोेरेको आर्सनलले त्यसको बदला लिग कपमा लिएका छ ।

चार दिन अगाडी प्रिमियर लिगमा योर्गेन क्लोपको टिमसँग आर्सनल नराम्रोसँग पराजित भएको थियो । आठ सातामा लिभरपुल र आर्सनल तेस्रो पटक खेल्दा आर्सनल सफल भएको हो । आर्सनलका गोलकिपर लिभरपुललाई हराउन नायक बने । उनले पेनाल्टीमा दुई वटा प्रहार बचाएका थिए । अब आर्सनलले क्वाटरफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ ।


  •  
  •  
  •