थाहा पाउनुस ओठ अनुसारको स्वभाव

139
  •  
  •  
  •  

यदि तपाइँ कुनै अनजान व्यक्तिको दिलको कुरा पहिलो भेटमै पढ्न वा थाहा पाउन चाहनु हुन्छ भने उसको ओठलाई नजिकबाट नियाल्नुहोस । ओठले दिलको मात्र हाल बताउदैन, त्यसले तपाइको स्वभावको बारेमा पनि बताउने गर्छ । मनौवैज्ञानिकहरुको दावी अनुसार कुनै पनि मान्छेको अनुहार र उसको ओठको बनावटले नै उक्त व्यक्तिको लक्षण, तथा बिशेषता स्पष्ट झल्काएको हुन्छ ।

ज्योतिषको सामुद्रिक विद्याको अनुसार केहि यस्तो संकेत छ, जसको मुताविक व्यक्तिको स्वभाव र खास कुराहरु थाहा हुन्छ । कुनै पनि व्यक्तिलाई देखेको समय सबै भन्दा पहिले हाम्रो नजर उसके अनुहारमा पर्छ उसको अनुहारमा मुस्कुराहट देखेर हामी प्रसन्न हुन्छौं । यो मुस्कुराहटमा अहम् भूमिका निभाउने गर्छ ओठले, यही ओठलाई ध्यानमा राखेर कुनै पनि स्त्री वा पुरुषको स्वभावको बुझ्न सकिन्छ । कुनै पनि व्यक्तिको ओठ हेरेर उसको व्यवहार, आचार-विचार र कार्यक्षेत्र कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । हामी सबै जनाको अलग(अलग प्रकारको ओठ हुने गर्छ । जसको माध्यमबाट व्यक्तिको व्यक्तित्त्वको बारेमा जान्न सकिन्छ ।

सासले तपाइँलाई अलग(अलग प्रकारको ओठको बनावटको अनुसार उक्त व्यक्तिको स्वभावको बारेमा केहि कुरा जानकारी दिने प्रयत्न गरेको छ स्गुलाबी ओ��

गुलाबी ओठ – हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै कुशल हुन्छन कि आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर काम गर्छन् । यही कारण पनि यिनीहरुको मित्रको संख्या धेरै हुन्छन् ।

ठुलो ओठ – केहि मान्छेको ओठ सामान्य स्थितिभन्दा बढी ठुलो आकारको हुन्छ वा कसैको ओठको फैलावट ठुलो हुने गर्छ । उनीहरुको बारेमा भने अनुसार यस्ता मान्छे मिठो खानाको सौखिन हुन्छन् । यिनीहरुलाई फरक फरक व्यंजन बढी मन पर्छ । यस्ता मान्छे छीटो रिसाउछन् भने छिटो खुसि पनि हुन्छन् ।

संकुचित ओठ – संकुचित ओठ यानेकी जुन ओठ छोटो हुन्छ र पातलो हुन्छ उक्त ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्तो ओठ हुने मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरुको स्वभाव हुन्छ साथै यस्ता व्यक्तिहरु अन्य मान्छेको अगाडी आफ्नो प्रभाव बनाउने चेष्टा गरीरहन्छन् ।

रशिलो ओठ – सामुद्रिक शास्त्रको अनुसार यस्तो ओठ रातो रंगको चिल्लो र मृदुल हुन्छन् । यस्तो ओठबाट कलात्मकको भाव परिलक्षित हुन्छ । यस्तो ओठ भएको मान्छे सुंदर, कला प्रिय र राम्रो स्वभावको हुने गर्छन् । यस्ता मान्छे समाज र घर(परिवारमा मान(सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखर सम्म जना र जीवनमा कयौं उपलब्धिहरु हासिल गर्न सक्छन् ।

मोटो ओठ – जसको ओठ सामान्य भन्दा मोटो छ उनीहरु बढी क्रोधी स्वभावका हुन्छन् । यस्ता मान्छे एकदम आवेशी हुन्छन् । यिनीहरुलाई मायाँ गर्न पनि छिटो आउँछ भने रिसाउँन पनि छिटो आउँछ । यिनिहरु भावनात्मक हुन्छन् साथै जिद्दी हुन्छन् । सानो कुरामा पनि यिनिहरु रिसाईहाल्छन् । स्त्रिहरुका लागि यस्तो ओठ धेरै ठिक हुन्न किनकि उनीहरुको नराम्रो स्वभावले आफ्नो घर(गृहस्थ जीवनमा बाधा उत्पन्न हुने गर्छ ।

बढी फराकिलो ओठ – सामान्य स्थितिभन्दा बढी च्यातिएको ओठ  भएकाहरुमा साहसको कमि हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थितिमा आफुलाई सम्हाल्न सक्दैनन् । यिनीहरुलाई साधारण भन्दा पनि साधारण कुरामा पनि डराईरहेको देख्न सकिन्छ ।

भित्र बढी दबिएको ओठ – जुन व्यक्तिको ओठ बाहिरबाट हेर्दा सामान्य नदेखिने र बढी भित्र दबिएको छ त्यस्ता मान्छेहरु बढी भुलक्कड़ हुन्छन् । यस्ता मान्छे रहस्यमय स्वभावका हुन्छन् । तर पनि यस्ता मान्छे राम्रो योजनाकार हुन सक्छन् तर पनि आफ्नो योजना बाहिर ल्याउन असक्षम रहन्छन् ।

एजेन्सीको सहयोगमा


  •  
  •  
  •