५५ हाते लिंगो ठड्याइयो

368
  •  
  •  
  •  

भक्तपुर, ३० चैत(ओएनएस) : भक्तपुरको प्रसिद्ध ऐतिहासिक बिस्का जात्राअन्तर्गत ५५ हाते लिंगो शनिबार ठड्याइएको छ ।


प्रत्येक वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तमा भेलुखेलको योसिंखेलमा ५५ हात अग्लो लिंगो ठड्याउने प्रचनल रहि आएको छ ।

लिंगो शुभसाइत पारेर शनिबार बेलुकी ६ बजे ठड्याइएको हो ।  नयाँ वर्षको अघिल्लो दिन अर्थात् बिस्का जात्राको चौथो दिन, शनिबार बेलुका भेलुखेलको योंसिखेलमा इन्द्रध्वजासहितको ५५ हात लामो लिंगो ठड्याइएको हो । यो लिंगो वैशाख १ गते ढालेर नयाँ वर्ष मनाइने चलन छ ।


  •  
  •  
  •