काठमाडौँमा दाउरा किन्न सर्वसाधारणको हानाथाप…(फोटोफिचर)

222
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(ओएनएस) : भारतको अघोषित नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि सरकारले खाना पकाउनका लागि विकल्पको रूपमा दाउरा बिक्री गरेको छ ।

वन मन्त्रालयको निर्देशनपछि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)ले काठमाडौं उपत्यकाका उपभोक्ताहरुलाई दाउरा बिक्री गरिरहेको हो । काठमाडौँको गौशाला र ललितपुरको बालकुमारीबाट दाउरा बिक्री गरिँदै छ ।

दाउरा लिनका लागि उपभोक्ताहरू लाइन बसिरहेका छन् भने कतिपयले दाउरा आफ्नो घरमा पुर्‍याइसकेका छन् । यसअघि दाउरा लिनका लागि कुपन लिनुपर्ने व्यवस्था पनि गरिएकाले उपभोक्ताले पहिलेौ कुपनका लागि र पछि दाउराका लागि लाइन बस्नुपर्छ । कुपन लिनका लागि नागरिकतासहित जानुपर्ने हुन्छ । नागरिकता देखाएपछि मात्र दाउराका लागि कुपन पाइन्छ ।

सरकारले बिक्री गरेको दाउरामा मुढाहरू मात्र रहेकाले दाउरा बिक्री गरिँदै गरेको स्थान नजिकै दाउरा काट्ने व्यवस्था पनि मिलाइएको छ । व्यवसायीहरूले दाउरा काट्ने व्यवस्था मिलाएका हुन् । यसरी दाउरा चिरेर लैजाँदा १ सय किलो दाउरालाई १८ सय तिर्नुपर्छ भने दाउरा नचिरी लैजाँदा १५ सय तिर्नुपर्छ ।

सरकारले बिक्री गरिरहेको दाउरा एक परिवारलाई १५ रूपैयाँका दरले एकसय केजीसम्म र संस्थाहरुलाई १७ रुपैयाँका दरले ५ सय केजीसम्म दाउरा दिने गरी गर्ने व्यवस्था मिलाइएको छ ।

Line for timber in ktm (1) Line for timber in ktm (2) Line for timber in ktm (3) Line for timber in ktm (4) Line for timber in ktm (5) Line for timber in ktm (6) Line for timber in ktm (7) Line for timber in ktm (8) Line for timber in ktm (9) Line for timber in ktm (10) Line for timber in ktm (11)


  •  
  •  
  •