चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न राजदूतको आह्वान

279
  •  
  •  
  •  

काठमाडौँ, १ पुस ।
lilamani paudelचीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।

नेपाली दूतावासले चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तर्क्रिया कार्यक्रममा उनले शाक्यमुनि बुद्धको जन्मस्थल र विश्वका सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा सातवटा अग्ला र १४ वटा संसारकै उच्च हिमाल रहेको नेपालको भ्रमण गर्न चिनियाँलाई आग्रह गरेका हुन् ।

राजदूत पौडेलले नेपाल योग तथा ध्यानका लागि महत्वपूर्ण स्थल रहेको, एक सिङ्गै गैँडा, हात्ती पोलोका लागि अवसर, -याफ्टिङ, बञ्जी जम्प, प्याराग्लाइडिङ र पर्वतारोहणजस्ता अनुपम विशेषता रहेको उल्लेख गरे ।


  •  
  •  
  •