चट्याङ लागेर मृत्यु एक जनाको मृत्यु, दुई घाइते

391
  •  
  •  
  •  

झापा, २३ चैत(ओएनएस) : झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ४० वर्षीय प्रकाश राउत रहेका छन् ।

 

उनको श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ ।
शनिबार बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर रावतको मृत्यु भएको हो ।

घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •