पुल्चोक र बालाजु वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा शनिबार दिनभर बत्ती काटिने

113
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं पुल्चोक र बालाजु वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा शनिबार दिनभर बत्ती काटिने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने टेकु‚ पुल्चोक र रिङरोड फिडरमा नयाँ फिडर निर्माण कार्य गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सटडाउन गर्न लागिएको हो । उक्त फिडरअन्तर्गत सानेपा स्टार हस्पिटल, मेघा , नयाँँ बाटो, सिद्धार्थ कटेज, पटिपा चोक, भनिमण्डल क्षेत्रहरुका बत्ती काटिनेछ।

त्यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने ढुङ्गे धारा र गोलढुङगा फिडरमा रिङरोड विस्तार कार्यक्रमअन्तर्गत एच टी लाइन तथा पोल सार्ने काम भइरहेकाले बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ। यो वितरण केन्द्रअन्तर्गत ढुङगे धारा, वनस्थली, अन्नपुर्ण चोक, फुलबारी गेट, नागार्जुन, लोलाङ, जितपुर क्षेत्रलगायतका स्थानमा बत्ती काटिनेछ।


  •  
  •  
  •