काठमाडौं २० फागुन ।
१० हजार रुपैयाँमा भाडाका व्यक्ति प्रयोग गरी सवारीचालक अनुमति पत्र(लाइसेन्स०को ट्रायल परीक्षा दिने गरेको खुलेको छ ।लामो समयदेखि अरुको परीक्षा पास दिने एक युवक बुधबार पक्राउ परेका छन ।मीनभवनस्थित मोटरसाइकल ट्रायल सेन्टरबाट कालिकोट गैंला घर भई भक्तपुर बस्ने २६ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरी पक्राउ गरेको हो । झापा घर भएका साजनकुमार राईको उनले ट्रायल दिन खोजेका थिए ।
प्रवेशपत्रको तस्विर नमिलेपछि उनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले अनुसन्धान गर्दा १० हजार रुपैयाँ लिएर राईको ट्रायल परीक्षा दिन आएको खुलेको हो । यसअघि पनि पाँच जनाको परीक्षा आफूले पास गरिदिएको शाहीले बयान दिएका थिए । –
नयाँपत्रिकाबाट