असोज १२ देखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्ने

319
  •  
  •  
  •  


काठमाडौं । यहि असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुला हुने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको हो । अनलाइन आवेदनका लागि लाखौं सेवाग्राही पर्खाइमा छन् । विभागले यसअघि लाइसेन्सका लागि ट्रायल परीक्षा सञ्चालनमा ल्याइसकेको छ ।

यसैबीच लाइसेन्स लिन बाँकी रहेका सेवाग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ ।


  •  
  •  
  •