लाइसेन्स आवेदन तत्काल नखुल्ने

381
  •  
  •  
  •  

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले  निषेधाज्ञा खुलेपनि तत्काल सवारी अनुमति पत्र(लाइसेन्स) आवेदन नखुल्ने जनाएकाे छ ।

कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर घातक र शक्तिशाली रहेको भन्दै संक्रमणको जोखिम उच्च रहेकाले जतिनै चाप भएपनि खोल्न नहुने निष्कर्ष निकालेको हो ।

सरकारले आगामी असार दोस्रो साताबाट उपत्यकामा ५० दिनदेखि जारी लकडाउन खोल्ने तयारी गरिरहेको छ। त्यसैगरी काठमाडौं भित्र चल्ने सवारी साधनलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

यातायात विभागमा भएको छलफलमा जोखिम अझै रहेको र यातायातका सेवामा उच्च चाप हुने हुँदा बन्दाबन्दी खुलेपनि सेवाहरु सञ्चालन गर्न नहुने निर्णयमा पुगेको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए

अर्को तर्फ यातायात विभागसँग ट्रायल तथा प्रयोगात्मक परीक्षा पास गरेकालाई दिइने स्मार्टलाइसेन्स समेत पर्याप्त छैन ।

निषेधाज्ञाको कारण लाखौंको संङ्ख्यामा नयाँ लाइसेन्स आवेदक समेत कुरेर बसिरहेका हुन्छन जसको कारण यातायात कार्यालयहरुले भिड थाप्न नसक्ने विभागको निष्कर्ष छ ।


  •  
  •  
  •