बेनघाजीमा लिबियाली सेना तथा इस्लामी विद्रोहीबीच संघर्षमा

663
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (एजेन्सी) : लिबियाको पूर्वी नगर बेनघाजीमा लिबियाली सैनिक तथा इस्लामी लडाकूबीच भएको करिब २४ घण्टा लामो संघर्षमा कम्तीमा ३८ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । मर्नेमा प्रायः सैनिक परेको बताइएको छ । इस्लामी समूहले नगरको मध्यभाग नजिकै रहेको विशेष सैनिक बलको मुख्यालयमा शनिबार आक्रमण गरपछि युद्ध आरम्भ भएको एक सैनिक स्रोतले जानकारी दिए । यसका कारण सैनिक ब्यारेकको सुरक्षा गरिरहेका व्यक्तिहरूको मृत्यु भएको बताइएको छ ।

बेनघाजीको प्रमुख अस्पतालले गत २४ घण्टाको अवधिमा २८ सैनिकको शव प्राप्त गरेको जानकारी दिएको छ । यहाँ घाइते हुनेको सङ्ख्या ५० रहेको बताइएको छ । पूर्वी भागमा रहेको अल–मर्ज अस्पतालले दुई सैनिकको मृत्यु भएको तथा १० घाइते भएको जानकारी दिएको छ । बेनघाजी रिभोलुसनरिजका स्वघोषित सुरा परिषद्ले यस क्षेत्रमा सैनिक केन्द्रहरूमा आक्रमण गरिरहेको दाबी गरेको छ र उसले आफ्ना आठ लडाकूको पनि मृत्यु भएको जानकारी दिएको छ ।


  •  
  •  
  •