लिवियामा पुर्याईएका १५ नेपालीको उद्दार

218
  •  
  •  
  •  

काठमाडौं । रोजगारको आश्वासनमा अवैध रुपमा लिवियामा पुर्याईएका १५ नेपाली नागरिकलाई उद्दार गरिएको छ ।

उनीहरुलाई उद्दार गरि लिवियाको ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को क्याम्पमा राखिएको हो ।

उद्दार गरी राखिएका नेपालीहरुलाई आइओएमले खाने र बस्नको व्यवस्थाकै साथै स्वदेश फिर्ताको लागि हवाई टिकटको समेत व्यवस्था मिलाएको कायारो स्थिती नेपाली राजदुताबासले जनाएको छ ।

उनीहरुलाई कार्यरत कम्पनीले डरत्रास देखाई काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकोले दुतावासले ट्राभल डकुमेन्ट बनाई नेपाल फर्काउने तयारी गरिएको छ ।

युद्धग्रस्त क्षेत्रमा काम गरिरहेको ति नेपालीको उद्दारका लागि दुताबासले पटक पटक प्रयास गरी आईओएम क्यापमा ल्याउन सफल भएको हो । उद्दार गरिएका नेपालीको स्वास्थ्य परीक्षण र फिर्ती कागजात बनाउने कार्य भईरहेको दुताबासले जनाएको छ ।


  •  
  •  
  •