युरोपियन च्याम्पिन्स लिगको समूह डी बाट लिभरपुल नकआउट चरणमा

100
  •  
  •  
  •  

एजेन्सी । युरोपियन च्याम्पिन्स लिगको समूह डी बाट लिभरपुल नकआउट चरणमा प्रवेश गरेको छ । ५८ औं मिनेटमा नेको विलियम्सको कर्नरलाई आयाक्सका गोलरक्षक आन्द्रे ओनानाले राम्ररी अनुमान लगाउन नसक्दा जोन्सले बक्स बाहिरबाट त्यसको फाइदा उठाउँदै गोल गरेका हुन् ।

पहिलो रोजाइका गोलरक्षक अलिसन ह्याम्स्ट्रिङको चोटका कारण पोष्टको जिम्मेबारी संहालेका कोइमहिन केल्हर पनि लिभरपुलको जितका नायक हुन् । आयाक्सका प्रहारहरु उनले उत्कृष्ट बचाउ गरेका थिए ।
चेल्सी र म्यानचेस्टर सिटीसँगै लिभरपुल प्रिमियर लिगबाट च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने तेस्रो टिम बनेको छ ।

जितपछि लिभरपुलले समूह डी बाट एक खेल अगावै समूह विजेता पनि निश्चित गरेको छ । गएराति नै भएको यो समूहको अर्को खेलमा दोस्रो स्थानमा रहेको इटलीको एटलान्टा र डेनमार्कको मिड्जील्यान्डबीचको खेल १९१ को बराबरीमा सकियो । लिभरपुलको ५ खेलबाट १२ अंक भएको छ । एटलान्टाको ८ र आयाक्सको ७ अंक छ । मिड्जील्यान्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

 


  •  
  •  
  •