लिवर्टी इनर्जी कम्पनीको स्थानीयका लागि आइपीओ बिक्री खुला

448
  •  
  •  
  •  

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माणधिन लिवर्टी इनर्जी कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला भएको छ ।

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लिवर्टीले पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत आइपीओे निष्कासन गरेको हो ।

यस कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं.६ र ७ (साविकको फलेनी र ढोडेनी गाविस) का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता (३३.३३ प्रतिशत) खुला गरेको छ ।

यसैगरी, आयोजना प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं.११ का स्थानीयलाई छुट्याएकोमध्ये ५ लाखकित्ता (३३.३३ प्रतिशत) सेयर पनि बिक्री खुला गरिएको छ ।

त्यसैगरी, लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३ प्रतिशत) सेयर बिक्री खुला भएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यो आइपीओमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

लिवर्टीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो । जसमध्ये १५ लाखकित्ता स्थानीयलाई खुला गरेको हो ।

कम्पनीले  दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकमआधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

यसले लमजुङ जिल्लाको फलेनी र दोदेनीगाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।


  •  
  •  
  •