इन्टरनेटमा नयाँ प्रविधी लाइफाई, १ सेकेण्डमा डाउनलोड हुन्छ ३ घण्टाको चलचित्र

780
  •  
  •  
  •  

lifiकाठमाडौँ, मंसिर(एजेन्सी) : इन्टरनेटको संसारमा नयाँ प्रविधीले आफ्नो ठाऊँ लिने तयारीमा छ । बिना तारको इन्टरनेट अर्थात् वाईफाई भन्दा तिव्र गतिको इन्टरनेट दिने प्रविधीको रूपमा लाईफाईको प्रयोग हुने भएको छ । लाईफाईको इन्टरनेट निकै तिव्र गतिको हुन्छ । यसबाट हामी मात्र १ सेकेण्डमा ३ घण्टाको चलचित्र डाउनलोड गर्न सक्छौ ।

यसले एक सेकेण्डमा नै कम्प्युटर र मोबाइलमा एक जीबी डाटा ट्रान्समिट गर्न सक्छ । अर्थात् १ जिबी चलचित्र डाउनलोड गर्ने मात्र १ सेकेण्ड लाग्छ । हालै लाई-फाईलाई प्रयोगशाला भन्दा बाहिर पनि प्रयोग गरिएको छ । उक्त प्रयोग सफल भएका कारण अब बिस्तारै यसले इन्टरनेटको संसारमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।

के हो लाई-फाई ?
लाईफाई प्रविधीमा लेड बल्बमार्फत इन्टरनेट प्रयोग गरिन्छ । यसका लागि एलइडी बल्बमा एउटा माइक्रोचिप प्रयोग गरिन्छ । यो वाईफाईको तुलनामा सुरक्षित छ किनकी प्रकाशले पर्खाल पार गर्न सक्दैन । यसको अनुसन्धान सन् २०११ मा स्कटल्याण्डको एडिनवर्ग विश्वविद्यालयका वैज्ञानिक हेराल्ड हासले गरेका थिए । यो प्रविधी विजबिल लाइट कम्युनिकेशन(वीएलसी) मा आधारित रहेको छ । जब बल्ब बल्छ, तब बाइनरी कोडमा ट्रान्समिट हुन थाल्दछ र इन्टरनेट प्रयोग गर्न सकिन्छ ।

वेल्मेनी कम्पनीका सीइओ दीपक सोलंकीका अनुसार यो प्रविधीको प्रयोग विभिन्न प्रोजेक्ट इन्डस्ट्रीमा लैजाने तयारी गरिएको छ । यो कम खर्चिलो पनि हुने दावी कम्पनीका सिईओ सोलंकीले बताए ।

वैज्ञानिकहरूका अनुसार लाई-फाईको अर्को विकल्प खोज्न सहज नभएको बताएका छन् । एडिनवर्ग विश्वविद्यालयका वैज्ञानिक हेराल्ड हासको टोलीले एक कम्पनीको सहयोगमा प्लग र प्ले एप्लिकेशन पनि सार्वजनिक गरिसकेको छ । फ्रान्सको ओलेडकमले लाई-फाई प्रविधी हस्पिटलमा लगानी पनि सुरू गरिसकेका छन् ।


  •  
  •  
  •