विवादास्पद लामाले लिए सपथ

127
  •  
  •  
  •  

काठमाडौं, ३ फागुन (ओएनएस) : पार्टीभित्रको विवादका बीच एकीकृत माओवादीको तर्फबाट सभासद बनेका ल्यारक्याल लामाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

 मध्यान्ह् सिंहदरवारमा उनले सभासद  पद तथा गोपनियताको सपथ लिएका हुन् । सभासद रामनारयण विराडीले लामालाई लिएर संसद सचिवालय पुगेका थिए ।

सर्वोच्च अदालतले शम्भु पासवान हजारीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एकीकृत माओवादीले लामालाई सिफारिस गरेको थियो । एमाओवादीको सिफारिस अनुसार लामालाई १ हप्ताअघि निर्वाचन आयोगले मनोनित गरेको थियो ।

विवादास्पद छवीका लामालाई सभासद बनाएको भन्दै एकीकृत माओवादीकै शीर्ष नेताहरुले आलोचना गर्दै आएका छन्

लामा कांग्रेस, एमाले हुँदै एमाओवादीमा प्रवेश गरेका हुन् । कांग्रेसबाट गुम्बा व्यवस्थापन समितिको अध्यक्ष, एमालेबाट राज्यमन्त्री र एमाओवादीबाट उनी सभासद बन्न सफल भएका छन् ।

लामाले नेपालसहित विभिन्न ३ देशको पोसपोर्ट बोकेको अरोप लाग्दै आएको छ ।


  •  
  •  
  •