सातौँ पटक सगरमाथाको चुचुरोमा पुगिन् ल्हाक्पा, बन्यो रेकर्ड

165
  •  
  •  
  •  

lhakpa-sherpaकाठमाडौँ, ७ जेठ(ओएनएस) : संखुवासभाकी सुश्री ल्हाक्पा शेर्पाले सातौँ पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

शुक्रबार बिहान ५ बजे सगरमाथाको सफल आरोहण गर्दै सबैभन्दा बढि पटक सगरमाथा आरोहण गर्ने महिलाको रूपमा आफ्नो नाम लेखाएकी छन् । ७ पटक सगरमाथा आरोहण गर्ने उनी एकमात्र महिला हुन् ।

यसअघि ६ पटकसम्म सगरमाथा आरोहणको आफ्नै रेकर्डलाई तोड्दै शुक्रबार बिहान अर्को रेकर्ड कायम गरेकी छन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।


  •  
  •  
  •