काठमाडौ/पुस(एजेन्सी) : एलजी कम्पनीले मोजिल्ला र जापानी टेलिकम कम्पनी केडिडिआईसँग मिलेर नयाँ फायरफक्स अपरेटिङ्ग सिस्टम भएको स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त फोनको नाम एफएक्सजिरो राखिएको छ । यो स्मार्टफोन मंगलबारदेखी जापानमा बिक्री सुरू गरिनेछ ।
एलजीको एफएक्सजिरोमा फायरफक्सको अपरेटिङ्ग सिस्टमको २.० भर्जन प्रयोग गरिएको छ । यो फोनको सबैभन्दा अनौठो फिचर भनेको यो फोनमा पछाडिको भाग र अगाडीको स्क्रिनबाहेकको भाग पारदर्शी रहेको छ । प्रयोगकर्ताले फोनको भित्रको पार्टहरू पनि देख्न सक्नेछन् ।
यस फोनको करिब ४२ हजार पर्नेछ । यो फोनमा ४,७ इन्चको आईपीएस डिस्प्ले स्क्रिन रहेको छ । यसका साथै १.२ गिगाहर्जको क्वाड कोर क्वालकम प्रोसेसर दिइएको छ । यो ह्याण्डसेटमा १.५ जिबी र्याम छ र १६ गिबी इन्टरनल मेमोरी रहेको छ । यसलाई कार्डको मद्धतले ६४ जिबीसम्म बढाउन सकिन्छ । यस स्मार्टफोनमा ८ मेगापिक्सेलको क्यामरा र एलइडी फ्ल्यास रहेको छ साथै यसमा २.१ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ ।
यो ४ जी स्मार्टफोनले एनएफसी सपोर्ट गर्छ । यसको तौल १ सय ४८ ग्राम रहेको छ र यसमा २३७०एमएएच ब्याट्री रहेको छ ।