भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी

353
  •  
  •  
  •  

सम्माननीय भारतीय प्रधानमन्त्रीज्यु नमस्कार
हामी, तेस्रो लिङ्गी समुदाय, तँपाईको नेपाल भ्रमणको स्वागत गर्दछौं । सांस्कृतिक र ऐतिहासिक हिसाबले नेपाल र भारतको सम्बन्ध धेरै नजिकको छ । सन् २०१४ १५ एप्रिलमा भारतको सर्वोच्च अदालतले तेस्रो लिङ्गी समुदायको पहिचान गरेपछि नेपाल र भारत सम्बन्धमा अर्को समानता थपिएको छ । नेपालको सर्वोच्च अदालतले सन् २००७ मा यस्तै निर्णय गरेको थियो । नत्र यो भन्दा अगाडी हामीलाई तेस्रो लिङ्गी समुदाय नभनेर पुरुष वा महिला नै मानिन्थ्यो ।

अरु नेपालीसँगै, हाम्रो समुदाय पनि तँपाईको नेपाल भ्रमणबाट दुवै देशको लामो र पारिवारिक सम्बन्ध अझ गाढा हुनेमा उत्साहित र आशावादी छौं । दुई देश बिच हुने बलियो र गाढा सम्बन्धको प्रभाव नेपाल र भारतको तेस्रो लिङ्गी समुदायसँगै समाजको हरेक स्तरमा पर्नेछ । प्रजातन्त्र र विकास तब मात्र सहभागिमूलक र सफल हुन्छ जब त्यसमा समाजको सबै तहको सहभागिता हुन्छ र सबैलाई फाइदा हुन्छ । समाजको ती तहमा तेस्रो लिङ्गी समुदाय पनि पर्ने आउँछ ।

हामी तँपाईलाई सफल कार्यकालको शुभकामना दिन चाहान्छौ। तँपाईको कार्यकालमा भारतका तेस्रो लिङ्गीले पनि भारतका अरु समुदाय सरह रोजगार, शिक्षा, स्वास्थ्य र निर्णय स्तरमा पहँच पाउन् । साथै देश विकास र आर्थिक सहकार्य नेपाल र भारत दुवै देशमा तेस्रो लिङ्गी समुदायको योगदान अरु नागरिक सरह हुन सक्छ भन्ने वातावरण सिर्जना होस् भन्ने हामी चाहान्छौ । अझै पनि नेपाल र भारतले धेरै समस्याको समाधान खोज्न जरुरी छ ।

दुवै देशले तेस्रो लिङ्गी समुदायको मुद्धालाई ढाकछोप गर्नु हुँदैन । हामी यी समुदाय माथि नेपाल भारतसिमामा कुनै पनि भेदभाव र अन्याय नहोस् भन्ने चाहान्छौं । तेस्रो लिङ्गीले नागरिकता र पासपोर्टको कारणले गर्दा सिमा क्षेत्रमा धेरै भेदभाव र अन्याय भोग्दै आएका छन् । सीमामा हुने यस्ता अन्याय र भेदभावलाई दुई देशको समान धार्मिक संवादका कारण हटाउन सकिन्छ । उदाहरणका लागि बुद्धले सिकाएका कुराहरु दुवै देशले मान्ने गरेका छन् । उनका भनाइहरुलाई बाटो बनाएर हामीले यी भेदभाव र अन्याय हटाउन सक्छौं । सँगै महाभारतमा सिखन्डीलाई दिएको सम्मानका उदाहरणलाई बढाउन सके यी भेदभाव र अन्याय हट्न सक्छन् । तेस्रो लिङ्गी समुदायको योगदान देशको अर्थतन्त्र र विकासमा अहम भएकाले यस्ता भेदभाव हटाउन दुवै देश लाग्नु पर्छ ।

यीसँगै हामी तँपाईलाई आइपिसीको धारा ३७७लाई खारेज गर्न अनुरोध गर्छौ । उक्त धाराका कारण अmै पनि भारतमा तेस्रो लिङ्गी समदायलाई तेस्रो लिङ्गी भएकै कारण अपराधी मानिन्छ र अरु नागरिक सरहको हक प्रयोगमा बन्देज लगाइन्छ । हामी यसमा गौरब गर्छौ की नेपालमा यी प्रावधानहरु छैनन् । नेपालको तेस्रो लिङ्गी समुदायलाई प्रतिनिधित्व गर्दै सन् २००८को संविधान सभामा सुनिलबावु पन्तले प्रतिनिधित्व गरिसक्नु भएको छ, नेपाका तेस्रो लिङ्गीले अरु भनेर नागरिकता पाउन थालि सकेका छन्, हामी राजनितिदेखि लिएर समाजका हरेक कार्यमा सहभागि भएका छौं । नेपालका विद्यालयमा यौनिक झुकावका बारो पढाई हुन्छ र सार्वजनिक स्थलहरु पनि तेस्रो लिङ्गी मैत्री हुँदै गएका छन् । तर संसार कै ठुलो प्रजातान्त्रिक राष्ट्र भारतले भने अझै पनि तेस्रो लिङ्गी समाजलाई स्वीकारेको छैन ।

हामीले एकअर्काबाट धेरै कुरा सिक्न सक्छौं । नेपालले तेस्रो लिङ्गी समुदायको क्षेत्रमा गरेको काम अझै अपुग छ । तँपाईले नेपाल भ्रमणबाट तेस्रो लिङ्गी समुदायमा भएको विकासका बारेमा जानकारी पाउनु हुन्छ र भारतमा पनि त्यसलाई कार्यन्वयन गर्नु हुनछ भन्ने हामीले आशा गरेका छौं ।
हामीलाई थाहा छ तँपाईको नेपाल भ्रमण छोटो र व्यस्त हुने छ तर पनि यदि मिल्छ भने हामी तँपाईसँग भेट्न उत्सुक छौं र तेस्रो लिङ्गी समुदायको बारेमा कुरा गर्न चाहान्छौं । आशा छ यो पत्रले हामी बिच संवादको ढोका खोल्ने छ ।
पिंकी गुरुङ
अध्यक्ष
निलहिरा समाज


  •  
  •  
  •